तीन आर्थिक वर्षको लागि ५८ खर्ब ६८ अर्बको बजेट

काठमाडौं । राष्ट्रिय योजना आयोगका अनुसार तीन आर्थिक वर्षको लागि बजेट स्रोत व्यवस्थापनका लागि ५८ खर्ब ६८ अर्ब रुपैयाँ आवश्यक पर्नेछ । आयोगले गरेको प्रक्षेपण अनुरुप आर्थिक वर्ष २०७९÷८० मा १७ खर्ब ४५ अर्ब, आर्थिक वर्ष २०८०÷८१ मा १९ खर्ब ३१ अर्ब र आर्थिक वर्ष २०८१÷८२ मा २१ खर्ब ९२ अर्बको स्रोत आवश्यक पर्छ । स्रोत व्यवस्थापनमा राजस्व, वैदेशिक सहायता र सार्वजनिक ऋणको योगदान महत्वपूर्ण हुने बताइएको छ । स्रोत व्यवस्थापनको क्रममा आन्तरिक र बाह्य ऋणको अंश क्रमशः आर्थिक वर्ष २०७९÷८० मा चार खर्ब ८५ अर्ब, आर्थिक वर्ष २०८०÷८१ मा चार खर्ब ८८ अर्ब र आर्थिक वर्ष २०८१÷८२ मा पाँच खर्ब ३५ अर्ब रहने अनुमान रहेको छ  । जसमा अन्तरिक र बाह्य ऋण गरेर १५ खर्ब ६८ अर्बको अंश रहने प्रक्षेपण गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनको क्रममा आन्तरिक र बाह्य ऋणको अंशमा ठूलो फरक रहने छैन । आर्थिक वर्ष २०७९÷८० मा दुई खर्ब ५७ अर्ब आन्तरिक ऋण र दुई खर्ब २८ अर्ब बाह्य ऋण, आर्थिक वर्ष २०८०÷८१ मा दुई खर्ब ६३ अर्ब आन्तरिक ऋण र दुई खर्ब २५ अर्ब बाह्य ऋण र आर्थिक वर्ष २०८१÷८२ मा तीन खर्ब आन्तरिक ऋण र दुई खर्ब ३५ अर्ब बाह्य ऋण रहने बताइएको छ । बजेटको स्रोत व्यवस्थापनको क्रममा ऋण मात्र नभई राजस्व संकलन, वैदेशिक सहायता, अनुदानमा समेत निर्भर रहनुपर्ने बाध्यता हरेक सरकारमाथि रहेको छ । सोही क्रममा तीन आर्थिक वर्षका बजेटमा एक खर्ब ५१ अर्ब अनुदान प्राप्त हुने आयोगको अनुमान रहेको छ । आर्थिक वर्ष २०७९÷८० का लागि ५१ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०८०÷८१ र आर्थिक वर्ष २०८१÷८२ का लागि क्रमशः ५०÷५० अर्ब रुपैयाँ अनुदानबापत प्राप्त हुने बताइएको छ ।

यसैबीच, अयाोगले अवाधिक योजना र वार्षिक बजेटबीच तादात्म्य ल्याउने महत्वपूर्ण औजारको रुपमा मध्यमकालीन खर्च संरचनामा रहेको बताउँदै आएको छ । सोअनुरुप यस संरचनामा आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट अनुमान तथा त्यसपछिका दुई आर्थिक वर्ष क्रमशः २०७९÷८० र २०८०÷८१ को प्रक्षेपण गरी तीन आर्थिक वर्षको चक्रीय बजेट प्रस्तुत गरेको हो । चालू आर्थिक वर्षदेखि मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रमका बीच दोहोरोपना हटाई एकीकृत रुपमा बजेट खाका तयारी गरी आयोगले प्रस्तुत गरेको हो । जसमा

बजेट तथा यसको स्रोत व्यवस्थापनका लागि कसको हिस्सा कति रहने आकलन आयोगले गरेको छ । चालूतर्फ संघले खर्च गर्ने छ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ तीन खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब सात अर्ब ९७ करोड र प्रदेशरस्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको बजेटमा उल्लेख थियो ।यस्तै, खर्चको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड, न्यून हुन आउने रकम पाँच खर्ब ५९ अर्ब ३० करोड, वैदेशिक ऋण तीन खर्ब नौ अर्ब २९ करोड र आन्तरिक ऋण दुई खर्ब ५० अर्ब अनुमान गरिएको छ । यसैबीच आर्थिक वर्ष २०७९÷८० का ल ागि १७ खर्ब ९३ अर्ब ८३ करोड र आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरिएको थियो । वैदेशिक ऋण र वैदेशिक अनुदनान सहित उक्त बजेट ल्याइउको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार