CLI

आइक्यानको निर्वाचनमा ४ जनाको उम्मेदवारी घोषणा

काठमाडौं । आगामी जेष्ठ २५ गते हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को निर्वाचनमा नेपाल अडिटर्स एसोसिएसन अडानको तर्फबाट ४ जनाले उम्मेदवार घोषणा गरेका छन्। आइक्यानको आसन्न दशौं परिषदको निर्वाचनमा रजिष्टर्ड अडिटर्सहरूको समूहमा सोमबार अडानले ४ जनाले उम्मेदवार घोषणा गरेको हो।

घोषणा भएका उम्मेदवारहरूमा तृतीय उपाध्यक्ष झलकमणि लम्साल, उपाध्यक्ष प्रदीपकुमार यादव, उपमहासचिवद्वय भरतकुमार श्रेष्ठ, हरिबहादुर कार्की रहेका अडानका प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभाग संयोजक डोलप्रसाद दाहालले जानकारी दिए।

जेष्ठ २५ गते हुने निर्वाचनमा उपत्यका बाहिर चाँडै नै हुलाकबाट मतपत्र पठाइने कार्यक्रम रहेको बुझिएको छ भने काठमाडौं उपत्यकामा जेष्ठ २५गते मतदान कार्यक्रम रहेको छ।

Leave Your Comment

Related News