बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्यमा प्रतितोला पाँच सय रुपैयाँ , तेजावी सुन पनि प्रतितोला पाँच सय मूल्य रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छपावाला सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रुपैयाँ कायम गरिएको छ ।

बुधबार चाँदीको मूल्य भने एक हजार छ सय ७० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार आठ सय ५० रुपैयाँमा कारोबार गरिएको थियो । मंगलबार चाँदी भने एक हजार छ सय ७० रुपैयाँमा कारोबार गरिएको थियो ।

महासंघले बुधबार प्रति १० ग्राम छापावाला सुन एक लाख १६ हजार छ सय रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम एक लाख १६ हजार ४० रुपैयाँ कायम गरेको छ । त्यस्तै बुधबार प्रति १० ग्राम चाँदीको एक हजार चार सय ३२ रुपैयाँ कायम गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार