CLI

सूर्यज्योति जीबन बीमक कम्पनीको अभिकर्ता Product Ambassador अभियान प्रभावकारी

काठमाडौं । सूर्यज्योति जीबन बीमा कम्पनीले मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ता मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ ।

कम्पनीले प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वको फोटो राखेर  कम्पनीको बिज्ञापन समाग्री , कम्पनीले प्रयोग गर्ने विभिन्न संचार माध्यम, तथा सामाजिक संजाल मार्फत देश व्यापी रुपमा प्रचार –प्रसार गर्नुका साथै कम्पनीका देशै भरिका  शाखा कार्यालयमा फोटो अंकित व्यानर, बिज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरेको छ । कम्पनीमा आवद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको छ ।

चालु आ.व. मा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका  कमल प्रसाद घिमिरे, कोहलपुर शाखाका  गौरव कुमार शाही तथा महाराजगंज शाखाका  सृजना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविश्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि Product Ambassador को उपाधि प्राप्त गरिसकेका छन् ।

Leave Your Comment

Related News