CLI

नेपाल जति सुन्दर छ, त्यतिनै लगानीको सम्भावना छ : प्रमुख हुई

काठमाडौं । चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लिउ झाओ हुईले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन्।

आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै हुईले नेपालले लगानीको लागि गरेको प्रयासलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘नेपाल जति सुन्दर छ त्यतिनै लगानीको सम्भावना पनि छ। नेपालले आफ्नो सम्पदा, जलविद्युत, पर्यटन, लगायतका क्षेत्रमा सस्तो जनशक्ति लगाएर उल्लेख्य प्रगति गर्न सक्छ, त्यस क्षेत्रमा चाइना थप लगानी गर्न तयार छ,’ हुईले भने ।

Leave Your Comment

Related News