धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्था को रुपमा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको छ । राष्ट्र बैङ्कको ६९ औँ  बार्षिक उत्सबको अबसरमा सो सम्मान गरेको हो ।

नेपाल राष्ट्र बैंकले एक विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका हुन्  ।

बितरित प्रसंसा पत्रमा विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पु¥याएकोले प्रशंसापत्र प्रदान गरिएको उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले बिगत देखि आफ्नो वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई सम्मानित गर्दै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार