पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले तीन वर्ष कैद सजाय तोकेको छ । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका न्यौपानेलाई विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले तीन वर्षको कैद र २५ करोड ६९ लाख ७५ हजार जरिवाना तोकेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले न्यौपानेविरुद्ध १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले विभागको मागबमोजिम बिगोको दोब्बर जरिवाना तोकेको हो । विभागले न्यौपानेसहित ६ जना पूर्वसञ्चालकविरूद्ध मुद्दा चलाएको थियो । उनीहरूले संगठितरूपमा कलेजको झण्डै आठ करोड रकम हिनामिना गरेको विभागमा उजुरी परेको थियो । उजुरी परेपछि विभागले दुई वर्षसम्म छानबिन गरी मुद्दा चलाएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार