इलाम २ मा ठुलो मतान्तर सहित सुहाङ नेम्वाङ बिजयी

काठमाडौं । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गरि  नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० मतले ले उछिन्दै  प्रतिनिधिसभा सदस्यमा बिजयी बनेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले  २१ हजार ९४२ मत प्रापत गरेका छन् ।

निर्बचन अधिकृतको कार्यलयले आज बिहान निर्बाचित सांसदलाई निर्बाचित प्रणाणपत्र बितरण गरिने जनाएको छ ।

सिहाङ दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको कान्छा छोरा हुन् ।

यो निर्बाचनमा पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४५७ भोट ल्याएर तेस्रो भए भने  चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गरेका छन्  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार