काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल मा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो।
मुम्बईले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेटको क्षतिमा भेटायो ।
लखनऊको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए । यस्तै कप्तान केएल राहुलले २२ बलमा २८ रन जोडे । दीपक हुड्डाले १८ रन बनाए । निकोलास पुरन १४ रनमा नटआउट रहे ।
मुम्बईका लागि हार्दिक पान्ड्याले २ विकेट , नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड कोट्जीएले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो । मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे । यस्तै टिम डेभिडले १८ बलमा ३६ रन जोडे ।
ओपनर ईशन किसनले ३२ रन बनाए । अन्य ब्याटरले उल्लखनिय प्रदर्शन गर्न सकेनन् । कप्तान हार्दिक पान्ड्या शून्यमा आउट भएका थिए भने रोहित शर्माले ४ रन मात्र बनाए ।
लखनऊका लागि मोहसिन खानले २ विकेट, मार्कस स्टोइनिस, नभिन उल हक, मयंक यादव र रवि विश्ननोइले समान १ विकेट लिए ।
जित पछि लखनऊ १० खेलमा १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ ।