बजारमा माग बढ्न नसक्दा घट्यो सुनको मूल्य

काठमाडौं । बुधबारका लागि सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढ्न नसक्दा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको हो । महासंघका अनुसार बुधबार छापावाला र तेजावी सुनमा प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ ।

महासंघले बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपैयाँ तोकेको छ । मंगलबारका लागि महासंघले छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ तोकेको थियो ।
महासंघका अनुसार बुधबार छापावाला सुन प्रति १० ग्राम १ लाख १५ हजार ३ सय १५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १४ हजार ७ सय ५५ रुपैयाँ तोकेको छ । मंगलबार छापावाला सुन प्रति १० ग्राम १ लाख १७ हजार ६ सय २५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । महासंघले बुधबारका लागि चाँदी प्रतितोला १ हजार ६ सय ३० रुपैयाँ तोकेको छ । बुधबार चाँदी प्रति १० ग्रामको १ हजार ३ सय ९७ रुपैयाँ ५० पैसा तोकेको छ । महासंघले मंगलबारका लागि चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ तोकेको थियो । मंगलबार चाँदी प्रति १० ग्रामको १ हजार ४ सय १४ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघले सोमबारका लागि चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँ तोकेको थियो । महासंघले विवाहको समय नभएको र बजार चलायमान बन्न नसक्दा सुनचाँदीका माग आउन नसक्दा मूल्य घटेको बताएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार