वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ। वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रन मात्रै बनाउन सफल भयो। बुधबार सम्पन्न खेलमा नेपाल ७६ रनले पराजित भएको हो।
यस नजितासँगै वेस्ट इन्डिजले ५ खेलको टी–२० शृंखलामा २–१ को अग्रता बनाएको छ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि जोनसन चार्ल्स अविजित ११९ रन, आन्द्रे फ्लेचरले ५३ रन ओपनर एलिक एथानाज १७ रन, फेबियन एलेन १९ रन र किमो पल १३ रनमा अविजित रहे। नेपालका करण र सागरले १र१ विकेट लिए।

नेृपालका लागि ओपनर लोकेश बम र तल्लोक्रमका करण केसी समान २८/२८ रन बनाए। नेपालका अन्य ब्याटर चल्न नसक्दा वेस्ट इन्डिज नेपाली भूमिमा फराकिलो जित निकाल्न सफल भयो।

वेस्ट इन्डिजका हेडेन वाल्शले सर्वाधिक ३ विकेट लिए भने गुडाकेश मोटीले २ विकेट लिँदा म्याथ्यू फोर्डे, ओबेद म्याक कोए र फेबियन एलेनको नाममा १/१ विकेट रह्यो।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार