मध्यक्रम नचल्दा पञ्जाबसँग चेन्नई हार्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता चेन्नई सुपर किंग्स पञ्जाब किंग्ससँग पराजित भएको छ। मध्यक्रम नचल्न नसक्दा बुधबारको खेलमा चेन्नई पञ्जाब ७ विकेटले पराजित भएको हो।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। पञ्जाबका जोनी बेयरस्टोले सर्वाधिक ४६ रन बनाए। ३० बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे।

राइली रुसो ४३ र प्रभसिमरन सिंह १३ रनमा आउट हुँदा शशांक सिंह २५ र कप्तान साम करन २६ रनमा अविजित रहे। चेन्नईका शार्दु ठाकुर, रिचर्ड ग्लिसन र शिवम दुबेले १/१ विकेट लिए।

चेन्नईलाई मध्यम लक्ष्यमा सिमित गर्न पञ्जाबका हरप्रीत बराड र राहुल चाहरले २/२ विकेट लिए। भने कागिसो रबाडा र अर्शदीप सिंहको नाममा १/१ विकेट रह्यो।
टस हारेर पहिला ब्याटिङ गरेका चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। चेन्नईका कप्तान ऋतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए। अजिंक्य रहाणे २९, समीर रिजवी २१, मोइन अली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट हुँदा डेरिल मिचेल १ रनमा अविजित रहे।

जितसँगै पञ्जाब १० खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा उक्लिएको छ। पराजित चेन्नई समान खेलबाट १० अंक जोड्दै चौथो स्थानमा यथावत् छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार