बिहीबारका लागि सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको माग बढे सँगै बिहीबार सुनचाँदीको मूल्य छापावाला र तेजावी सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

महासंघले बिहीबार लागि छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँ तोकेको छ ।

महासंघले बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपैयाँ तोकेको थियो ।
महासंघका अनुसार बिहीबार छापावाला सुन प्रति १० ग्राम १ लाख १७ हजार २५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १६ हजार ४ सय ६५ रुपैयाँ तोकेको छ ।
बुधबार छापावाला सुन प्रति १० ग्राम १ लाख १५ हजार ३ सय १५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १४ हजार ७ सय ५५ रुपैयाँ तोकेको थियो ।

त्यस्तै बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । महासंघले बिहीबारका लागि चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँ तोकेको छ । बिहीबार चाँदी प्रति १० ग्रामको १ हजार ४ सय १० रुपैयाँ तोकेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रति १० ग्रामको १ हजार ३ सय ९७ रुपैयाँ ५० पैसामा कारोबार भएको महासंघले बताएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार