१ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र आउदै

काठमाडौं । सरकारले १ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र ल्याउन लागेको छ । वार्षिक ब्याजदर ९ प्रतिशत तोकेको वैदेशिक रोजगार बचतपत्रको ब्याज भुक्तानीको अवधि भने ६ महिना हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ब्याज भुक्तानी भने ६÷६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातमा भुक्तानी गर्न सकिनेछ ।
कार्यालयका अनुसार वैदेशिक रोजगार बचतपत्र खरिदको सीमा भने घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी आह्वन गरिएको रकम रहेको छ । लगानीकर्ताको हकमा भने यो वबचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपाली नागरिकले आफू वा आफनो परिवारको सदस्यको नामा खरीद गर्न सक्नेछन् ।

धितोको लागि भने उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन सकिने, जुनसुकै समयमा दोस्रो बजार मार्फत् खरिद विक्री गर्न सक्ने तथा विक्री खुला गर्ने अवधिमा भने १ महिना अर्थात् वैशाख २३ गते देखि जेठ २२ गते सम्म राखिएको छ ।
वैदेशिक रोजगार बचतपत्र आगामी आइतबार अर्थात् वैशाख २३ देखि जेठ २२ गते सम्म बिक्री खुला गरिने छ भने जेठ २९ गते निष्कासन र जेठ २९ गते नै साँवा भुक्तानी गर्नुपर्ने हुन्छ ।
वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका लागि सहजीकरण गर्ने बिक्री एजेण्टहरु भने एक दर्जन भन्दा बढी रहेका छन् । जसमा सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, लक्ष्मी बैंक लगायतका १४ वटा वाणिज्य बैंकहरु रहेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार