राजस्थानमाथि हैदरावादको रोमान्चक जित

काठमाडौं । सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि रोमाञ्चक जित हासिल गरेको छ। बिहीबारको खेलमा हैदरावाद १ रनले विजयी भएको हो। २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरम ७ विकेट गुमाउँदै २०० रन मात्रै बनाउन सक्यो।

राजस्थानलाई जितका लागि अन्तिम ओभरम १३ रनको आवश्यकता थियो। तर, अन्तिम ओभर गर्न आएका भुवनेश्वरले ११ रनमात्र दिए।

पहिलो बलमा उनले रविचन्द्रन आश्विनलाई एक रनमात्र दिएका थिए। दोस्रो बलमा उनले रोभम्यान पावेललाई २ रन दिए। तेस्रो बलमा पावेलले चौका प्रहार गरे। ३ बलमा ७ रन आइसकेको थियो। र, राजस्थानलाई खेल जित्न ३ बलमा ६ रन आवश्यक थियो। सो अवस्थामा चौथो बल भुवनेश्वरले योर्कर गरेका थिए।

उक्त बलमा पावेलले दुई रन लिए। योर्कर नै आएको पाँचौ बलमा पनि पावेल दुई रन लिन सफल भए। अन्तिम बलमा २७ रनमा रहेका पावेल एलबीडब्यू धरापमा पारेसँगै हैदरावादको जित सुनिश्चित भएको हो।

लक्ष्य पछ्याईरहेको राजस्थानका लागि रियान पराग ७७, यशस्वी जैसवाल ६७ रन बनाउन सफल भएका थिए। हैदरावादका भुवनेश्वरले ३ विकेट लिँदा प्याट कमिन्स र टी नटराजनले २र२ सफलता हासिल गरे।

टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।

हैदरावादका ट्राभिस हेडले ५८ रन, नितिशकुमार रेड्डी ७६ रन र हेनरिक क्लासेनले ४२ रन बनाए। राजस्थानका लागि आवेश शाखले २ र सन्दीप शर्माले १ विकेट लिए। जितसँगै चौथो स्थानमा रहेको हैदरावादको १० खेलबाट १२ अंक रहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार