CLI

नगद लाभांश, बोनश शेयर प्रस्ताव सहित नेपाल पुनर्बीमाको साधारण सभा हुने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नगद लाभांशको प्रस्ताव सहित नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । जेठ १७ गते बिहीबार बिहान करिब ९ बजे बत्तीसपुतली काठमाडौंमा बस्न लागेको साधारण सभामा नगद लाभाश, बानेश शेयर, भत्ता लगायता प्रस्तावहरुमा छलफल हुने कम्पनी सचिव इश्वर प्रधानले जानकारी दिए । कम्पनी सचिव प्रधानका अनुसार सभामा सामान्य र विशेष प्रस्ताव गरी दुई वटा प्रस्तावहरु पेश गरिनेछ ।

सामान्य प्रस्तावहरुमा नगद लाभांश अर्थात् कम्पनीको चुक्त पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७ सय ५० रुपैयाँको ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृति प्रदान गर्ने, गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने , गत आर्थिक वर्षको नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गर्ने , समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गर्ने र सञ्चालको निर्वाचन गर्ने विषयहरु रहेका छन् ।

त्यस्तै विशेष प्रस्तावहरुमा भने बोनश शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने अर्थात् कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७ सय ५० रुपैयाँ को ४.७५ प्रतिशतका दरले हुने आउने ६० करोड ८६ लाख ४३ हजार ३ सय २८ रुपैयाँ बोनश शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने , बोनश शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजी वृद्धि भई १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँ मात्र कायम हुने हुदाँ सोहि अनुसार प्रबन्धपत्रको दफा ६(२) र ६(३) संशोधन गर्ने रहेको छ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने र आवश्यक कार्य गर्न सञ्चाल समितिलाई अख्तियारी प्रदान गर्ने विषयहरु विशेष प्रस्तावमा समेटिएका छन् ।
साधारण सभालाई लक्षित गर्दै कम्पनीले जेठ ६ गते आइतबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समेत बताएको छ । त्यसैले गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जेठ ५ गते सम्म कारोबार भई नियमानुसार शेयर नामसारी भएका शेयरधनी मात्र साधारण सभामा माग लिन योग्य हुने समेत बताइएको छ ।

Leave Your Comment

Related News