बेलायती ब्रान्डइ ‘नथिङफोन टु ‘ मोबाइल नेपाली बजारमा यस्तो छ मुल्य

Garima_Business-Loan3

काठमाडौं । बेलायती ब्रान्ड नथिङ मोबाइल नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सो फोन नेपाली बजारमा ल्याएको हो। यो फोन दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक गरेको हो ।

नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ । गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ । १६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा ६।७ इञ्चको एलटीपीओ ओलेड डिस्प्ले छ ।

एन्ड्रोइड १३ रहेको फोन एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिने र नथिङ अपरेटिङ सिस्टम २\५\३ मा आधारित रहेको कम्पनीले जनाएको छ ।

यसमा चार एनएम प्रोसेस टेक्नोलोजी प्रयोग गरिएको क्वालकमको एसएम८४७५ स्न्यापड्र्यागन ८प्लस जेन१ चिपसेट छ । यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ  ।

पछाडिको क्यामेराबाट ४के भिडियो ३० र ६० एफपीएसमा खिच्न र अगाडिको सेल्फी क्यामेराबाट १०८० पिक्सेलको भिडियो ३० एफपीएसमा खिच्न सकिने कम्पनीले जनाएको छ ।

फिंगरप्रिन्ट सेन्सर रहेको फोनमा ४७०० एमएएचको लिथियम आयन ब्याट्री छ । नथिङ फोन टूलाई ४५ वाटको चार्जरबाट ५५ मिनटेमा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।

कति छ मूल्य 

सेतो र डार्क ग्रे रङमा दुई भेरियन्टमा नथिङ फोन टू नेपालमा उपलब्ध रहेको कम्पनीले  जनाएको छ । जसमा १५ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७५ हजार ६९९ रुपैयाँ छ । यस्तै, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको फोनको मूल्य ८३ हजार २९९ रुपैयाँ छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार