७५ प्रतिशतले बढ्यो एलआइसीको मुनाफा

काठमाडौं ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को मुनाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा ७५ दशमलव २६ प्रतिशतले बढेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल मुनाफा १९ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १० करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कुल सम्पत्ति भने बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल सम्पत्ति १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२ दशमलव ८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल सम्पति १ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । त्यस्तै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कम्पनीको कुल दायित्व रकम समेत ११ दशमलव ३२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीका कुल दायित्व रकम १ खर्ब १८ अर्ब करोड रुपैयाँ र गत आर्थिक वर्षको सोहि अवधिमा १ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो । कम्पीको इक्विटी समिक्षा अवधिमा ४५ दशमलव ९४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको इक्विटी ५ अर्ब ४० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको इक्विटी ३ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको आर्जित बचतमा भारी वृद्धि अर्थात् २ सय ३७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षमा आर्जित बचत रकम २ अर्ब ७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा आर्जित बचत ६१ करोड ६९ लाख रुपैयाँको रहेको थियो ।बीमा कोषमा पनि रकम वृद्धिदर ११ दशमलव ९० प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बीमा कोषमा १ खर्ब १७ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा ३१ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल बीमा शुल्क आम्दानी ० दशमलव ३७ प्रतिशतले घटेको छ । चाल आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल बीमा शुल्क आम्दानी १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कुल बीमा शुल्क आम्दानी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद बीमा शुल्क ग्रहण भने ० दशमलव ०६ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क ग्रहण १२ अर्ब ८६ करोड रुपैयाँ र गत आर्थिक वर्षको सोहि अवधिमा खुद बीमा शुल्क ग्रहण १२ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तैकम्पनीको खुद दाबी भुक्तानी रकममा पनि समीक्षा अवधिमा १८ दशमलव ७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ अर्ब ७१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा ६ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।
ब्याज आम्दानी भने १४ दशमलव १५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ब्याज आम्दानी ६ अर्ब ८८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा ६ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दाबी भुक्तानी रकम ४ करोड ७७ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ सय ५३ दशमलव २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा दाबी भुक्तानी रकमम १ करोड ८८ लाख रुपैयाँ रहेको थियो । ६ लाख ८३ हजार ८ सय ६६ बीमा पोलिसी संख्या रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९ दशमलव ६७ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा भने प्रतिशेयर आम्दानी ५ दशमलव ५२ रुपैयाँ रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार