निर्जीवन बीमा कम्पनीद्धारा २२ लाख बीमालेखा जारी,३० अर्ब बीमाशुल्कवापत् आम्दानी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३० अर्ब १५ करोड ३० लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन  गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले २२ लाख ६२ हजार ३ सय २६ वटा बीमालेख जारी गरी ३० अर्ब १५ करोड ३० लाख २३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्क गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ० दशमलव ४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत मसान्तमा निर्जीवन बीमा कम्पनीहरूले २१ लाख ६६ हजार ३ सय २८ वटा बीमालेख जारी गरी ३० अर्ब १ करोड ४४ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

गत चैत मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले १   लाख ५५ हजार आठ सय ३६ वटा बीमालेख जारी गरी १   अर्ब १४ करोड ५४ लाख ६९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्सले ३१ हजार ६ सय ७ वटा बीमालेख जारी गरी १ अर्ब ५१ करोड ८३ लाख  रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १  लाख ३७ हजार २ सय ५० वटा बीमालेख जारी गरी १  अर्ब ३० करोड ६४ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योरेन्स कम्पनीले २६ हजार १  सय ६७ वटा बीमालेख जारी गरी ८७ करोड ४१ लाख ८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २ लाख ३० हजार ४ सय ११ वटा बीमालेख जारी गरी २ अर्ब ३९ करोड ३९ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)सम्म ९३ हजार ६ सय ४९ वटा बीमालेख जारी गरी १  अर्ब ३२ करोड ६८ लाख ४१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि  २ लाख ४१ हजार ५ सय ४८ वटा बीमालेख जारी गरी ४ अर्ब २२ करोड ५५ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १  लाख ४८ हजार ३ सय आठवटा बीमालेख जारी गरी १  अर्ब ८३ करोड ३६ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक लाख ९२ हजार ७ सय ७० वटा बीमालेख जारी गरी २ अर्ब ५४ करोड ८९ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको चैत मसान्तसम्म १  लाख १६ हजार ९ सय वटा बीमालेख जारी गरी १ अर्ब ७८ करोड २१ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २  लाख ३२ हजार ५  सय ७६ वटा बीमालेख जारी गरी २  अर्ब ८९ करोड ४ लाख ५७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले २ लाख २३ हजार ६ सय ६७ वटा बीमालेख जारी गरी ३ अर्ब ५३ करोड ३० लाख ३३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १  लाख ८३ हजार नौ सय ८९ वटा बीमालेख जारी २ अर्ब ६४ करोड २ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले यस अवधिमा एक लाख ५८ हजार ८ सय ३७ वटा बीमालेख जारी गरी १  अर्ब ९७ करो ८३ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

लघुबीमातर्फ चालू आर्थिक  तेस्रो त्रैमासमा ६८ हजार ७ सय ७९ वटा बीमालेख जारी भएकोमा १५ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । नेपाल माइक्रोइन्स्योरेन्सले ३३ हजार ७ सय ४ वटा बीमालेख जारी गरी ६  करोड ६२ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सले १५ हजार ६ सय २३ वटा बीमालेख जारी गरी ४  करोड ८ लाख ३४ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी स्टार माइक्रोइन्स्योरेन्स कम्पनीले १६ हजार ६ सय ८६ वटा बीमालेख जारी गरी तीन करोड २८ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ट्रस्ट माइक्रोइन्स्योरेन्स कम्पनीले २ हजार ७ सय ६६ वटा बीमालेख जारी गरी ६३ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार