CLI

हिमालयन रि इन्स्योरेन्सको नाफा ९३ करोड ११लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको  चालु आर्थिक २०८०\०८१२ को  तेस्रो त्रैमाससम्मको बित्तिय बिबरण सार्बजनिक भएको छ । बिबरण अनुसार कम्पनीले  ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो। जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढेको छ

समीक्षा अवधिमा कम्पनीले  कुल बीमाशुल्क ३ अर्ब ४९ करोड ९ लाख ३३ हजार रुपैयाँ पुर्।याएको छ भने  कुल आम्दानी ९०.५८ प्रतिशतले बढेर ४ अर्ब २७ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको कुल दाबी भुक्तानी ९४.६१ प्रतिशतले बढेर १ अर्ब ६० करोड २५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने कुल खर्च ८८.८१ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब रहेको छ भने शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यस्तै, विशेष जगेडामा ९२ करोड ११ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७७ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ रहेको छ।

 

Leave Your Comment

Related News