आइतबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं ।  आइतबार सुनको मुल्य बढेको छ । आइतबारका लागि सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार माग बढे सँगै आइतबार सुनको मूल्य बढेको हो । शुक्रबार सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार गरिएको थियो ।
महासंघका अनुसार आइतबार छापावाला सुन प्रति १० ग्राम १ लाख १८ हजार ६ सय ५५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १८ हजार ९५ रुपैयाँ तोकेको छ ।
त्यस्तै आइतबार चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ७ सय २५ रुपैयाँ तोकिएको छ भने प्रति १० ग्राम १ हजार ४ सय ७९ रुपैयाँ तोकिएको छ । महासंघले शुक्रबारका लागि चाँदी प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ तोकेको थियोे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार