बैंक तथा वित्तीय संस्थामार्फत् २ खर्ब बढी कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव ६ प्रतिशतले बढेको बताएको छ । र्बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको नौ महिनमा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ६१ अर्ब ९८ करोड रुपैयाँ (३.५ प्रतिशत) ले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४ दशमलव ९ प्रतिशतले बढेको छ । चालु आर्थिक् वर्षको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव ७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको  कर्जाको अंश ३७ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव १ प्रतिशत र ३५ दशमलव ९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ दशलव ७ प्रतिशतले, विकास बैंकहरुको
४ दशमलव २ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५ दशलमल ५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११ दशमलव ४ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७ दशमलव ६ प्रतिशत कर्जाको लागि घर जग्गा  धितो सुरक्षण रहेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव ३ प्रतिशत र ६६ दशमलव ९ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ० दशमलव ७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ दशमलव ८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ८ दशमलव ७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३ दशमलव ८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४ दशमलव ९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५ दशमलव ७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७ दशमलव ८ प्रतिशतले, नगद प्रवाह कर्जा २७ दशमलव ४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६ दशमलव ९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२ दशमलव ९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३ दशमलव ७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), ट्रष्ट रिसिट (आयात) कर्जा ० दशमलव २ प्रतिशतले र हायर पर्चेज कर्जा १६ दशमलव ९ प्रतिशतले घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार