९ महिनामा ३५ खर्ब बढी अन्तरबैंकिङ कारोबार

काठमाडौं । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा अन्तर बैकिंङ कारोबार १७ दशमलव ५३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा वाणिज्य बैंकहरुको ३१ खर्ब ८६ अर्ब ४४ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ३ खर्ब २१ अर्ब ६० करोड रुपैयाँ गरी कुल ३५ खर्ब ८ अर्ब ४ करोड रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २७ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ६६ अर्ब ७९ करोड रुपैयाँ गरी कुल २९ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको थियो।

तग आर्थिक वर्षको चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७४ प्रतिशत रहेकोमा २०८० चैतमा ३.०० प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ चैतमा ७.०१ प्रतिशत रहेकोमा २०८०
चैतमा ३.१० प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.५१  प्रतिशत, विकास बैंकहरुको १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको  १२.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.४८ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षके चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरुको ७.५८ प्रतिशत र वित्त
कम्पनीहरुको ८.८२ प्रतिशत रहेको छ । २०७९ चैतमा वाणिज्य  बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत कायम
भएको थियो। त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर चालु आर्थिक वर्षको चैतमा वाणिज्य बैंकहरुको १०.५५ प्रतिशत, विकास बैंकहरुको १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत कायम भएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार