९ महिनामा झण्डै ११ खर्ब रेमिटेन्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा झण्डै ११ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४ सय २२ वटा र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७ सय २१ वटा वितरण गरिएको े छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८ सय ३९ वटा र २ लाख १७, हजथार ९ सय ५९ वटा रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार