बीमा प्राधिकरणको बीमा जागरणको लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा  प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो  ।

कार्यक्रममा बीमा प्राधिकरणका उच्चपदस्थ तथा कर्मचारीहरू, जीवन तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, नेपाल बीमा संघ तथा जीवन बीमक संघको सहभागि भएका थिए । यस्तै, बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघका पदाधिकारीहरू, संचारकर्मी लगायतले सहभागिता थिए ।

बीमा प्राधिकरणले प्रत्येक  वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर बीमा सचेतनाका लागि प्रभातफेरि लगायत बिभिन्न रचनात्कम कार्यक्रम गर्ने गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार