झण्डै ६ अर्ब पुग्यो निर्जीवन बीमाको नाफा , सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा बीमा कम्पनीहरुको नाफा ५५ दशमलव ०६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीहरुले ५ अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाउँदा गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुको नाफा ३ अर्ब ६४ करोड ४६ लाख रुपैयँ रहेको थियो ।

१४ वटा निर्जीवन बीमा कम्पनीहरु मध्ये समीक्षा अवधिमा सबैभन्दा बढी नाफामा कमाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको नाफा १०१ दशमलव १२ प्रतिशतले बढेको छ । नेपालले चालु आर्थिक वर्षको नौ महिनामा ६१ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा नेपालले ३० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, समीक्षा अवधिमा हिमालयनको नाफा १ सय ६२ दशमलव ८६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा हिमालयनले ६० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हिमालयनले २३ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९ दशमलव ८६ प्रतिशतले बढेको छ । सिद्र्धाथले चालु आर्थिक वर्षको नौ महिनामा ५९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षके सोहि अवधिमा सिद्धार्थले २८ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ५५ दशमलव ३२ प्रतिशतले बढेको छ । सगरमाथाले चालु आर्थिक वर्षको नौ महिनामा ४७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको नौ महिनामा सगरमाथले ३० करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा आइजिआईको नाफा १८१ दशमलव ०३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौं महिनामा आइजिआईको नाफा ४६ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १६ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा ओरियण्टल इन्स्योरेनसेको नाफा १७ दशमलव ७१ प्रतिशतले बढेको छ । ओरियण्टलले चालु आर्थिक वर्षको नौ महिनामा ४६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ओरियण्टलले ३९ करोड २२ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा प्रभुको नाफा २ सय ३७ दशमलव १७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा ३९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा प्रमुको नाफा ११ करोड ६१ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, नाफा कमाउनेको दोस्रोमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ ।

त्यस्तै,  समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको नाफामा पनि २६ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । शिखरले चालु आर्थिक वर्षको नौ महिनामा ३९ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा शिखरले ३० करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेनसको नाफा ४६ दशमलव ०५ अंकले बढेको छ । युनाइटेडले चालु आर्थिक वर्षको नौ महिनामा २७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा युनाइटेडको नाफा १८ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा सानिमा जिआइसी इन्स्योरेनसको नाफा २१ दशमलव ७९ प्रतिशतले बढेको छ । सानिमाले चालु आर्थिक वर्षको नौ महिनामा २० करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा सानिमाले १६ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । साथै समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सको नाफा भने ५००  प्रतिशतले  बढी रहेको छ । नेशनलले चालु आर्थिक वर्षको नौ महिनामा १४ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा नेशनलले २ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्सको नाफा ३ दशमलव २५ प्रतिशतले बढेको छ । एनएलजीले चालु आर्थिक वर्षको नौ महिनामा १३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा एनएलजीले १३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको नाफा भने ऋणत्मक रहेको छ । समीक्षा अवधिमा बीमा कम्पनीको नाफा २४ दशमलव ७७ प्रतिशत र नेकोको १ दशमलव ६८ प्रतिशतले घटेको हो । बीमा कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा ५१ करोड ६३ लाख रुपैया नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बीमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै नेकोले गत आर्थिक वर्षको नौ महिनामा ३८ करोड ३९ लाख रुपैयाँ नाफा कमाउँदा चालु आर्थिक वर्षको सोहि अवधिमा उसको नाफा ३७ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार