राष्ट्र बैंकद्धारा भुक्तानी सेवा इनेट पेमेन्ट माथि कारबाही

काठमाडौं । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक इनेट पेमेन्टको अनुमति खारेज गरेको छ । २०७६ फागुन २१ मा अनुमतिपत्र प्राप्त गरेको इनेट पेमेन्ट प्रालिले राष्ट्र बैंकको निर्देशनको पालना नगरेको भन्दै अनुमति खारेज गरेको हो ।

राष्ट्र बैंकको कारबाही सँगै इनेटको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउनुको साथै आजको ३१ औं दिनमा अनुमतिपत्र समेत खारेज गरिने बताइएको छ । इनेटले भुक्तानी तथा फस्यौट विनियमावली, २०७७ (संशोधन सहि) को विनियम ३५ को १ (ग) को व्यवस्थाबमोजिम भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको राष्ट्र बैंकले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार