ग्लोबल आइएमई बैंकले पायो ग्लोबल फाइनान्स म्यागाजिनको “बेष्ट बैंक अवार्ड”

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ  । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैंकहरु छनौट गर्दा  बैङ्क सम्मानित भएको हो ।

ग्लोबल फाइनान्स म्यागाजिनले बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डका आधारमा ग्लोबल आइएमई बैंकलाई सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंकका रुपमा छानेको हो  ।

म्यागाजिनले विस्वका  अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो  ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक  भएको छ  ।

ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

बैङ्कले आप्नो संस्थालाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को रुपमा गरेको सम्मानले  आउने दिनमा  रचनात्मक सेवा सहितको बित्तिय कारोबार गर्न उत्साहित बनाएको जनाएको छ ।

बैंकका ग्राहकवर्गहरुको माया, कर्मचारीवर्गको लगनसिलता, शेयरधनि महानुभावहरु, नियमनकारी संस्थाहरु, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको बैङ्कले बताएको छ  ।

ग्लोबल आइएमई बैङ्क  देशभित्र १,१०० सबैखाले कार्यालय सहित बिदेशमा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै पनि नेपाली जनतालाई बैङ्किङ सेबा प्रदान गरिरहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार