लिभरपुर र भिल्लाको रोमाञ्चक बराबरी

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुर र एस्टन भिल्लाले ३–३ को बराबरी खेलेका छन्।

खेलको सुरुवातमा लिभरपुले भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजको आत्मघाती गोलमार्फत अग्रता लिएको थियो। लिभरपुरका लागि कोडी गाक्यो र जेरेल क्वान्साहले गोल गरे।

भिल्लाका लागि जोन डुरानले दुई तथा यरी टिलेम्यान्सले एक गोल गरे।

समान ३७ खेलबाट लिभरपुल ७९ अंक सहित अंक तालिको तेस्रो स्थानमा र भिल्ला ६८ अंकसहित चौथो स्थानमा छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार