आज सरकारको आर्थिक बर्ष २०८१\०८१ को नीति तथा कार्यक्रम सार्बजनिक हुँदै

काठमाडौं । आज सरकारले  आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ  ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ  ।

संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृह मन्त्रीको सहकारी ठगिमा आबद्दता रहेको भनेर संसद अबरुद्द गरिरहेको छ । आज नीति तथा कार्यक्रममा भने कांग्रेस लचिलो बनेर नीति कार्यक्रम पेश गर्न दिने बुझिएको छ । हिजो मात्र प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्डले’ नेपाली कांग्रेसका नेता सँग सदन  खुलाउने बिषयमा छलफल गरेका थिए । सोही छलफलको आधारमा आज कांग्रेसले संसदमा राष्ट्रपति द्वारा पेस हुने नीति तथा कार्यक्रमा लचिलो बनेको हो ।

कांग्रेसले आज संसदीय दलको बैठक राखेर अबरुद्द सदन र सरकारको नीति तथा कार्यक्रमको बिषयमा निर्णय लिने बताईएको छ ।

हिजै प्रधानमन्त्रीले सत्तासाझेदार दलका नेता नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओली, र गृह मन्त्री रबि लामिछाने सँग सहकारी समस्या र अबरुद्द सदन खुलाउने बिषयमा छलफल गरेको थिए ।

नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रममा सङ्घीय संसद्का दुबै सदनका सदस्यलाई दिनको २.४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार