जेठमा ९ बैंकले ब्याजदर घटाए

काठमाडौं । सञ्चालनमा रहेका करिब आधा वाणिज्य बैंकले जेठका लागि निक्षेपको ब्याजदर घटाएका छन्। ९ वटा बैंकले जेठका लागि निक्षेपको ब्याजदर घटाएका हुन्।

यस्तै तीन वटा बैंकले ब्याजदर बढाएका छन् भने आठ वटाको ब्याजदर स्थिर छ।
ब्याजदर घटाउनेमा प्राइम बैंक, नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, नबिल बैंक र एभरेष्ट बैंक रहेका छन्।
ब्याजदर बढाउनेमा प्रभु बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया रहेका छन्।

हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छे बैंक, स्ट्यान्डर्ड च्याटर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, लक्ष्मी सन्राइज बैंक र नेपाल बैंकको ब्याजदर परिवर्तन भएको छैन।
राष्ट्र बैंकको निर्देशन अनुसार अघिल्लो महिनामा लागु हुने ब्याजदर पछिल्लो महिनाको मसान्तसम्म बैंकहरुले सार्वजनिक गर्नु पर्छ। सोही अनुसार बैंकहरुले जेठका लागि ब्याजदर सार्वजनिक गरेका हुन्।

रेमिट्यान्स मुद्दती खातामा बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। राष्ट्र बैंकका अनुसार व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्युनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बढी हुनु हुँदैन।

जेठको ब्याजदर

Bank Max Interest Rate as Baisakh 2081 Max Interest Rate as jestha 2081 Difference
Prabhu 7 7.5 0.5
GBL 7 7.5 0.5
NIC Asia 7.75 7.8 0.05
Himalayan 7.5 7.5
Kumari 7.26 7.26
MBL 7.25 7.25
SCBL 7 7
NIMB 7 7
Laxmi Sunrise 7 7
ADBL 5.661 5.661
NBL 6.75 6.75
Prime 7.1 7 -0.1
SBI 6.53 6.39 -0.14
RBB 6.55 6.4 -0.15
NMB 7.97 7.8 -0.17
Sanima 7.1 6.9 -0.2
SBL 7.25 7 -0.25
Citizens 7.5 7 -0.5
Nabil 7.25 7 -0.25
EBL 7 6.5 -0.5
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार