सम्पूर्ण कारोबारमा ब्रोकर कमिसन घटायो धितोपत्र बोर्डले

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटाएकाे छ। ब्रोकर कमिसन घटाउने निर्णय आजदेखि लागु हुँदैछ ।

अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिसन लाग्ने छ ।

यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोवारमा ०.३३ प्रतिशत कमिशन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिसन लाग्ने छ ।

२० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिशन लाग्ने छ । १ करोडभन्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमिसन लाग्ने छ ।

यस्तो छ धितोपत्र बोर्डको सुचना

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार