यो बर्ष अघिल्लो बर्षभन्दा बढी पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो बर्षको मनसुनमा  देशका अधिकांश स्थानमा अघिल्लो बर्षभन्दा बढी पानी पर्ने  अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्बजनिक गरको  ‘मनसुन सिजनको हावापानी आकलन’ मा  यसपटकको मनसुनमा वर्षा र तापक्रमको अवस्था के कस्तो रहन्छ भन्ने विषयमा जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्बजनिक गरको  बुलेटिनमा ‘आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोसी प्रदेशको मध्य तथा मध्य-पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ।’

मौसम विभागले भनेको छ, ‘अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग तथा कोसी प्रदेशको उत्तर–पूर्वी भूभागमा सरदर रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ।’

विभागले अगाडि भनेको छ, ‘त्यसैगरी न्यूनतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको थोरै भूभागमा सरदर रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ।’

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार