काठमाडौं । सहकारी गठी प्रकरणमा मुछिएका जीबी राईको पासपोर्ट रोक्का गर्न नेपाल प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको हो ।
यस विषयमा राहदानी विभागले भने अहिलेसम्म प्रतिक्रिया नदिएको प्रहरीले स्रोतको भनाइ छ ।
राईविरुद्द कास्की, रुपन्देहीलगायत जिल्लामा सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उजुरी परेको छ ।
जीबी राईको पासपोर्ट रोक्का गर्न पत्राचार
