२०८१÷९१ कृषि दशक घोषणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । राष्ट्रपति पौडेलेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनले अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, सार्वजनि सेवा प्रवाह र भ्रष्टचार निवारण सरकारको प्रमुख प्राथमिकता हुने बताए ।

उनले रोजगारी सिर्जना सहकारी निजी र सरकारी क्षेत्रमार्फत् साझेदारी गरिने , उत्पादनलाई एकअर्काको परिपुरक गरिने छ, कृषिको उत्पादकत्व वृद्धि, कृषि पशुपन्छी पालन र वनको अन्तरसम्बध हुने गरी भूउपयोग गरिने छ तथा २०८०÷८१ कृषि दशक घोषणा गने बताए ।

उनले सरकारी खर्च कार्यान्वयनमा सुधार गरिनेछ तथा राजस्वको स्रोत खोजिने बताए । आन्तरिक ऋणको उपयोग पूँजी निर्माणको लागि गरिने उनको भनाई छ । वित्तीय क्षेत्रलाई स्वस्थय र प्रतिस्पर्धाी बनाउने छ , यसका लागि बैंक तथा वित्तीय र पुँजीबजारमा देखिएको समस्या समाधान गरिने , लुघवित्त ऋणको समस्या समाधान गरिने बताइएको छ । साथै छरिएका योजनालाई एकिकृत गरिने छ ।
आगामी आर्थिक वर्ष भित्र आन्तरिक र बाह्य लगानीको क्षेत्र बनाइने , विकसा वृत्किा लागि नवितम उपकरण प्रयोग गरिने छ । विदेशी लगानीका लागि सहजीकरण गरिने छ, कन्ट्री रेटिङ गरिने , सहकारी नीतिलाई समायनुकुल बनाउने र नियमनका लागि विशिष्टकृत व्यवस्था गरिने छ । विभिन्न नियोग बनाई सहकारीको रकम सुरक्षित बनाउने छ , सहकारी एकीकरण गरिने छ । साथै गरिब पहिचान गर्नुको साथै उनीहरुलाई आर्थिक सहयोग गरिने भएको छ ।
विकास आयोजना छनौट गर्दा सामाजिक आर्थिक लाभ, प्रादेशिक छनौट तथा प्रतिफल सुनिश्चित गरिने लगायतका विषय छनौट गर्नुको साथै निर्माण अवधि लागत लगायतका सम्पूर्ण विषयको सुनिश्चित पश्चयात आयोजना अघि बढाउने बताइएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार