आगामी वर्षसम्म विद्युत उत्पादन क्षमता ४५ सय मेगावाट पुर्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावट पुर्याउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षभित्र विद्युतको कुल जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने घोषणा गरेका हुन् ।
उनले आगामी वर्षभित्र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट प्रतिघण्टा पुर्याइने पनि बताएका छन् । यसका लागि सौर्य उर्जा परियोजनाबाट उत्पादित विद्युतको समेत खरिद बिक्रि सम्झौता गरिने बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार