कर्मचारीको तलब बढाउने सरकारको संकेत

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाउने संकेत गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर्मचारीको क्षमता विकास र जीविकोपार्जनका लागि पुग्ने गरि सेवा सुविधा उपलब्ध गराइने उल्लेख गरेका हुन् ।

नीति कार्यक्रम अनुसार नै जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट आउने भएकाले उक्त बजेटमार्फत कर्मचारीको तलब बढ्ने घोषणा हुन सक्ने देखिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार