निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश नियुक्त

काठमाडौं ।  ले गायक प्रकाश सपुतलाई ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनीले सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहनु भएका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दो सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य राखेको जनाएको छ  ।

निओ मनि ट्रान्सफरबाट विदेशमा भएका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेडमै बैंक खाता (लधुवित्त र सहकारी संस्थाहरु सहित) तथा वालेटमा प्राप्त गर्न सकिन्छ । त्यसै गरि पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ । आफ्नो नवीन प्रविधि र व्यापार मोडेलको साथ, निओ मनि ट्रान्सफरले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी विनिमय दरहरूमा रेमिट्यान्स सेवाहरू दिएको कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार