आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३ सय ५१ अमेरिकी डलर पुर्याइने

काठमाडौं । आर्थिक वर्ष २०८५/८६ सम्म नेपालीको प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने गरी राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले स्वीकृत गरेसँगै बुधबार राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य योजनामा समेटिएको छ ।

२०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने र गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने आयोगको लक्ष्य छ ।

औसत आयु ७३ वर्ष र साक्षरता दर ८५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको १६औँ योजनाले बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ ।

यस्तै विद्युत उत्पादन ११ हजार ७६९ मेगावाट पुर्याउने र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य लिएको योजनाले ९० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार