पुँजी बजारलाई नीति तथा कार्यक्रमले नछुदाँ सेयर बजार प्रभावित , घट्यो लगानीकर्ताको मनोबल

काठमाडौं । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमको घोषणाले उत्साप्रद रहेका लगानीकर्ता भोलिपल्ट अर्थात् बुधबार निराशाजनक रहे । सरकारको नीति तथा कार्यक्रमले मुलुकमा परिवर्तन ल्याउने किसिमको, अर्थतन्त्रका सुधारको रचनात्मक विषय समावेश गर्ने अपेक्षा र सेयर बजारमा पनि सुधारीकरण गर्ने खालको नीति आँउछ भन्ने अपेक्षा रहेकोमा त्यसो हुन नसक्दा सेयर बजार प्रभावित बन्न पुगेको लगानीकर्ताहरु बताउछन् । मंगलबार जुन अपेक्षा सहित कारोबार गरियो नीति तथा कार्यक्रम सार्वजनिक पश्चयात सकारात्मक पक्षहरु नआँउदा बुधबार सेयर बजार कारोबार प्रभावित बन्न पुगेको लगानीकर्ता किरण बस्नेतले बताए । नीति तथा कार्यक्रम सार्वजनिक दिनमा सेयर बजारमा लगानीकर्ताको हित , सेयर बजारको सुधार लगायतका विषय नीति तथा कार्यक्रममा समेटिन्छ भन्ने जुन अवधारण थियो त्यसो हुन नसक्दा लगानीकर्तामा निराशा छाएको उनले बताए ।

लगानीकर्ताहरु पुँजीबजारलाई लिएर यसअघिको नीति तथा कार्यक्रम राम्रो भएको बताउदै हालको नीति ताथ कार्यक्रम भेन प्रभावकारी नभएको बताउछन् । यता सेयर बजार मंगलबार २८.६२ अंकले बढेकोमा बुधबार भने ९.५४ अंकले खुम्चिन पुगेको छ । जसले गर्दा गुराँस लघुवित्त वित्तीय संस्था, सिइडीबी हाइड्रो, सानिमा मिडल तमोरका लगानीकर्ताले लाखौं रकम गुमाउनु प¥यो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुँजी बजारलाई कसरी अघि बढाउने ? छरिएर रहेका पुँजी तथा लगानीको कर्ताको व्यवस्थापन लगायतका निकायगत विषयहरु समावेश गर्नबाट सरकार चुकेको छ । ‘नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइनेछ। बैङ्‍क तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पूँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्‍न समयमा भएका अध्ययनबाट प्राप्‍त सुझावहरू क्रमशः कार्यान्वयन गरिनेछ। लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। तर गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा भने पुँजी बजारको विस्तार गर्दै छरिएर रहेका पुँजीलाई पुँजी बजारमा ल्याउने योजना तय गरेको थियो । साथै पुँजी बजारको विकासको लागि सामुहिक लगानी कोष, भेन्चर क्यापिटल परिचालन गर्ने समेत योजना राखेको थियो , जसलाई सरकारले कार्यान्वयन गर्न भने सकेको छैन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार