काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । बलात्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले दोसि करार गर्दै आठ बर्ष कैद सजाय निर्धारण गरेपछि उनी पुनराबलोकनको लागि पाटन उच्च अदालत गएका थिए ।
सन्दीपको मुद्दामा हिजो र दिनभरि बहस भएको थियो । उच्च अदालतका न्यायाधी सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाणडौ जिल्ला अदालतको फैसला उल्टाउदै सन्दीपलाई निर्दोष ठहर गरेको छ ।
यस अघि काठमाण्डौ जिल्ला अदालतको फैसला पश्चात उनलाई नेपाल क्रिकेट संघले निलम्बनमा राखेको छ । उच्चको फैसलासँगै क्यानले उनको निलम्बन फुकुवा गर्न सक्नेछ ।
बलात्कारको मुद्दामा जिल्ला अदालतको आदेस पश्चात उनी निल्बनमा भएकोले क्रिकेट खेल्न पाएका छैनन् ।