नीति तथा कार्यक्रम बोक्ने बजेट आऊछ – अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारलले ल्याएको  वार्षिक नीति तथा कार्यक्रम उत्साहजनक भएको बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको उनको भनाइ थियो । मन्त्री पुनले नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता जनाए । ‘नीति कार्यक्रमले सबैमा उत्साह जगाएको छ । निजी क्षेत्रलाई पनि उत्साहित बनाएको छ’, मन्त्री पुनले भने, ‘नीति कार्यक्रमअनुसारकै बजेट आउँछ । बजेटले नीति कार्यक्रम बोक्छ ।’

मन्त्री पुनले बजेट र मौद्रिक नीतिबीच कसरी तालमेल मिलाउने भन्ने विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्रबैंकबीच निरन्तर छलफल भइरहेको जानकारी दिए । राष्ट्रबैंकका तर्फबाट बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव प्राप्त भएको भन्दै उनले बजेट र नीति कार्यक्रममा तादात्म्यता मिलाउन दुई निकायबीच सघन छलफल हुने उल्लेख गरे । ‘नीति कार्यक्रमसँग बजेटको र बजेटसँग मौद्रिक नीतिको तालमेल मिल्नुपर्छ र मिलाइन्छ’, उनले भने, ‘हामी एकअर्काका प्रतिस्पर्धी होइनौं । सबै मिलेरै राज्यका लागि काम गर्ने हो ।’

मन्त्री पुनले सरकार लगानी मैत्री र निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको चर्चा गर्दै निरुत्साहित नहुने उद्योगी व्यवसायीलाई आग्रह गरे । निरुत्साहित नहुन भनेका छन् ।  उनका अनुसार यथार्थ धरातलमा टेकेर बजेट आउने छ ।’

फरक प्रसंगमा उनले आफू मन्त्रीको जिम्मेवारीमा आएपछि निर्माण व्यवसायीको भुक्तानी दिने प्रक्रिया थालिएको बताए । तर, गत आर्थिक वर्षभन्दा पहिल्यै ठेक्का लागेका तर, चालु आर्थिक वर्षको कार्यक्रममा नसमेटिएका आयोजनाको कानूनी जटिलताका कारण भुक्तानी दिन नसकिएको उनको भनाइ थियो । यद्यपि राज्य निरन्तरतामा चल्ने संस्था भएकाले यसअघि जसले सिर्जना गरेको दायित्व भए पनि त्यसबाट पछि हट्ने छुट नहुने उनको स्पष्टोक्ति थियो । यसअघि नै काम सकिएका तर, सम्बन्धित मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रममा नसमेटेका निर्माण आयोजनाको बजेटमै व्यवस्था गरेर भुक्तानी दिइने उनले बताए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार