CLI

सन्दीपले विश्वकप खेल्न सक्ने

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने भन्दै क्यानका कोषाध्यक्ष पदम खड्काले बुधबार निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी गर्ने बताए। नेपाली टोली अहिले वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक जना खेलाडी भने बाहिर ल्याउनुपर्छ ।

Leave Your Comment

Related News