एचआइडिसीएलको करिब १० लाख हकप्रद सेयर सुचीकृत

काठमाडौं ।हाइड्रोइलक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल) को करिब १० लाख हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेले बुधबार कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो । सातौं वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम जारी गरिएको हकप्रद शेयरमध्ये संस्थापनक समूह तर्फको अवतिरित सो संख्याको हकप्रद शेयरको लिलाम बढाबढ प्रक्रिया मार्फत् खुला गर्ने भनिए सँगै हकप्रद सेयर जारी गरेको कम्पनीले बताएको छ ।

कम्पनीले हकप्रद शेयरमध्ये संस्थापक समूहको तर्फको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रद शेयरको लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गर्ने र विभिन्न चरणमा बिक्री गर्ने योजना रहेको छ । कम्पनीले हालसम्म १ करोड ६१ लाख ४० हजार ९ सय ५० कित्ता शेयर बिक्री गरेको छ भने १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिक्री हुन बाँकी रहेको छ । सो बाँकी शेयर उपयुक्त समयमा लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री खुला गरिने बताएको छ ।

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको मुनाफा ८.०२ प्रतिशतले वृद्धि भई १ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको सेयर कारोबार मूल्य भने १ सय ६० रुपैयाँ वरपर रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार