साताको अन्तिम दिन झिनो अंकले बढेको सेयर बजारमा ४ अर्बको करोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । अघिल्लो दिन एकोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक बिहीबार ० ददशमलव ७९ अंकले बढेर २ हजार १८ दशमलव ७६ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक बुधबार ९ दशमलव ५४ अंकले घटेर बन्द भएको थियो ।

ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ० दशमलव २७ अंकले घटेर ३ सय ५८ दशमलव ३७ अंकमा पुगेको छ ।
बिहीबार कुल ३ सय १५ कम्पनीको ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब २३ करोड ३३ लाख ८१ हजार रुपैयाँ रहन पुग्यो । बिहीबार बजार पुँजीकरण भने ३२ खर्ब १ अर्ब १६ करोड ४९ लाख रुपैयाँ रह्यो ।

बिहीबार १ सय ३ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ३९ वटै कम्पनीको मुल्य घट्यो र ३ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
बिहीबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण २ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी ११ वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । माइक्रोफाइनान्स १ सय ६६ दशमलव ३३ र अन्य ३ दशमलव ५५ अकंले बढ्को छ । त्यस्तै, बैकिङ २ दशमलव ३२, विकास बैंक ४४ दशमलव ४८, फाइनान्स ३१ दशमलव १६, होटल तथा पर्यटन ४२ दशमलव ३६, जलविघु्ुुत १० दशमलव ९६, लगानी ० दशमलव १२ ,जीवन बीमा ४४ दशमलव ६८, उत्पादन २८ दशमलव ३६, म्युअचल फण्ड ० दशमलव ०६, निर्जिबन बिमा ९१ दशमलव ९२ र व्यापार २१ दशमलव ७२ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा सिएचडिसी हाइड्रो, पोखरा फाइनान्स, पिपल्स पावर, हिमालयन लघुवित्त र जिवन विकास लघुवित्त वित्तीय संस्था रहे । सिएचडिसी हाइड्रोको ४३ करोड ९० लाख रुपैयाँ, पोखरा फाइनान्सको ११ करोड ८७ लाख रुपैयाँ, पिपल्स पावरको ७ करोड ७२ लाख रुपैयाँ , हिमालयन लघुवित्तको ७ करोड २८ लाख रुपैयाँ र जिवन विकास लघुवित्त वित्तीय संस्थाको ७ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बिहीबार सबैभन्दा बढी कमाउनेमा हिमालयन लुघवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्त , स्वबलम्बन लघुवित्त र सिइडीबी हाइड्रो रहे भने माण्डु हाइड्रो, पिपुल्स पावर कम्पनी,नेपाल फाइनान्स, एभरेष्ट डिबेन्चर र लक्ष्मी उन्नति कोषका लगानीकर्ता रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार