SKIP THIS

NCELL

घट्यो सुनको मुल्य

काठमाडौं । बिहीबार एकैदिन १६ सय रुपैयाँ बढेर रेकर्ड मुल्य कायम गरेको सुनको मुल्यले आज  शुक्रबार ७०० रुपैयाँ घटेको हो ।

बिहीबार छापावाला सुनको मुल्य १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाला सुनको मुल्य १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३७७ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ४९ पैसामा कारोबार भइरहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार