फ्रिक्वेन्सी पाए महानगर र शहरमा फाइभजी सेवा दिन सक्छौंः एमडी पहाडी

काठमाडौं । नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक (एमडी) संगिता पहाडीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी दिए महानगरपालिका र शहरी क्षेत्रमा फाइभजी सेवा उपलब्ध गराउन सकिने बताएका छिन्।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलनमा शुक्रबार एमडी पहाडीले फिक्वेन्सी पाए महानगरपालिका र शहरी क्षेत्रमा फाइभजी सेवा उपलब्ध गराउन सकिने बताएकी हुन्।

‘महानगरपालिका र शहरी क्षेत्रमा हामी चाँडै फाइभजी ल्याउन सक्छौं। तर त्यसका लागि प्राधिकरणबाट फ्रिक्वेन्सी स्वीकृति फर्खिरहेका छौं,’ पहाडीले भनिन्, ‘फाइभजीका लागि कुन फ्रिक्वेन्सी उपयुक्त हुने स्पष्ट भएपछि अघि बढ्ने छौं।’

उनले कार्यक्रममा छिमेकी मुलुकमा आर्थिक तथा सामाजिक रुपमा फाइभजी परिपक्क नभएको पनि बताएकी छिन्।

आईटीयूको तथ्यांकको जानकारी दिँए उनले भनिन् युरोप र एशिया प्यासफिक क्षेत्रमा डाटाको आवश्यकतामा धेरै भिन्नता छ। युरोपमा ९२ प्रतिशतभन्दा धेरै भने एशिया प्यासफिक क्षेत्रमा ३८ प्रतिशत मात्रै छ। त्यसमा पनि नेपाल र अन्य दक्षिण एशियाली मुलुकमा डाटा उपयोगिता कम भएको उनको दाबी छ।

फाइभजी चाहिने तर यसको पूर्वाधारको लागत महँगो भएको उनी बताउँछिन्। फाइभजी विकास गर्न सरकारले देशको भौतिक विकास पनि गर्नुपर्ने उनको बुझाइ छ। फाइभजीको विकास र पूर्वाधार विकास सँगसँगै अघि बढाउनु पर्ने उनको भनाइ छ।

प्राधिकरणले फाइभजी सेवा परीक्षणका लागि नेपाल टेलिकमलाई २६ सय ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको थियो। यस अन्तर्गत कम्पनीले काठमाडैंका बबरमहल, सुन्धारा तथा वीरगन्ज र पोखरा लगायत स्थानमा फाइभजी उपकरण जाडन गरेर आन्तरिक रुपमा परीक्षण गरिरहेको जनाउँदै आएको छ। तर हालसम्म आमउपभोक्ताले उपयोग गर्न सकिने फाइभजी सेवा उपलब्ध भने गराइएको छैन।

उक्त फ्रिक्वेन्सी सरकारले परीक्षण अवधि सकिएसँगै फिर्ता लगिसकेको छ। तर टेलिकमले गरेको फाइभजी परीक्षणको नतिजा हाल सार्वजनिक गरिएको छैन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार