काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गको लेनडाँडा सुरुङ सेनाले छेड्यो

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज–२ मा पर्ने लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ ।

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (ट्वीन ट्युब टनेल)मध्ये १ हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ‘ब्रेक थ्रु‘ भएको हो । आज (शुक्रबार जेष्ठ ४ गते सुरुङ ‘ब्रेक थ्रु’ गरिएको सेनाले जनाएको छ ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको सेनाले जनाएको छ ।

निर्माणाधीन ६ वटा सुरुङमार्गमध्ये पहिलो सुरुङमार्ग ब्रेक थ्रु भएको हो । द्रुतमार्गको हालसम्म ३३ प्रतिशत काम सकिएको छ । करिब २ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ लागतमा अघि बढिरहेको आयोजनामा हालसम्म ५७ अर्ब रुपैयाँ खर्च भएको छ ।

२०७४ जेठमा शिलान्यास भई २०७६ असोजबाट निर्माण सुरु गरिएको द्रुतमार्ग आयोजना आगामी २०८३ चैतसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित सेनाले काम गरिरहेको छ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार