गुडविल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं  गुडविल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले सस्थापक सेयरधनीहरुको नाममा रहेको एक लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई संस्थाप शेयर खरिद प्रक्रियामा सहभागि हुन भनिएको छ । यस पटकको लिलामीमा सर्वसाधारणले आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीहरुले आज जेठ ६ गतेदेखि ३५ दिनभित्र के–कति रकममा खरिद गर्ने हो सो समेत खुलाई यस वित्तीय संस्थाको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंमा निवेदन दिनु पर्ने छ ।

संस्थापक सेयरहरुबाट आवेदन नआएमा भने अन्य व्यत्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिनेकम्पनीले  जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार