दशौं संस्करणको फर्निचर एक्स्पो हुँदै, एक्स्पोमा किनमेल बजार पनि हुने

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनमा ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ आगामी असोज २ देखि ५ गतेसम्म एक्स्पो हुने भएको छ  ।

यो एक्पोमा  पहिलो पटक खुल्ला बजार पनि सञ्चालन गर्न लागेको आयोजकले  जनाएको छ । एक्स्पोको स्टल बुकिङ खुल्ला भएको  र ५० प्रतिशत स्टल पनि बुकिङ भएको आयोजकले बताएको छ ।

आयोजकका अनुसार नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको हो

पहिलो पटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुल्ला बजार पनि सञ्चालन गर्न लागेको एक्स्पोका संयोजक सम्यक मान सिंहले बताए । उनक अनुसार २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरुले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । किस्ताबन्दीका साथै धेरैभन्दा धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य हुनेछ ।

संघको सचिवालय र इभेण्ट सोलुसनको कार्यालय मार्फत स्टल बुकिङ हुनेछ । साथै अनलाइन माध्यमबाट स्टल बुकिङ गर्न सक्नेछन् । एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहनेछन् ।

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्ने छ । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित हुनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्नेछ भने ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरु उपलब्ध गराउन भूमिका खेल्ने विश्वास आयोजकको छ ।

५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा अवलोकनकर्तालाई सिनेमा टिकटका साथै आकर्षक गिफ्ट भौचर उपलब्ध गराउने आयोजकको तयारी रहेको बताइएको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार